पोखराको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित

समाधान संवाददाता २०७९ जेठ १८ गते १५:४५

पोखरा ।
पोखरा महानगरपालिकाको कार्यपालिकामा बिहीबार भएको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । महानगरमा निर्वाचित सदस्यबाट बिहीबार बिहान मतदान भएकाे थियाे ।

महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, र्मिला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भएका हुन् । उनीहरुले सबैले ८६ मत ल्याए। कार्यपालिकामा ४३ मध्ये ३५ जना पदेन छन् । बिहीबार भएको मतदानमा ३ जना दलित अल्पसंख्यक पनि एमाले उम्मेदवार नै निर्वाचित भए । गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दीयाली निर्वाचित भएका हुन् । तुलाचन र घिमिरेले ८६ र दीयालीले ८७ मत पाए ।


वैशाख ३० गते भएको निर्वाचनबाट महानगरमा एमालेबाट ८६ र नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए । योसँगै पोखरा महानगरपालिकाको कार्यापालिकामा एमालेका १८ र नेपाली कांग्रेसका २३ , एकीकृत समाजवादी र स्वतन्त्रबाट १÷१ जना भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया