
जोमसोम–
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा अबदेखि क्यू आर कोड प्रयोग गरी डिजिटल भेटीदान गर्ने सेवा संञ्चालनमा ल्याएको छ। समय सापेक्ष प्रविधिको रुपान्तरणसंगै मन्दिरमा दर्शन गर्न जाने भक्तजनको सहजताका लागि त्यहाँ चढाईने नगद भेटीदानलाई वित्तिय डिजिटल पद्धतीमा लैजाने गरी क्यू आर कोड सेवा संञ्चालनमा ल्याईएको प्रभु बैकले जारी गरेको प्रेष विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ मन्दिरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले एक समारोहकाबीच क्यू आर कोड भुक्तानी प्रणालीको समुद्घाटन गर्नुभयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका पोखरा कार्यालय प्रमुख खरेलले नेपालको बैकिङ क्षेत्रलाई सूचना प्रविधिको उच्चतम् उपयोग गरी समग्र आर्थिक कारोवारमा बिद्युतीय माध्यमबाट मार्फत सेवाग्राहीको सरलता सहजता हुँदै जाने विश्वाश व्यक्त गनुभयो । प्रभु बैंक र फोन पे को संयुक्त पहलमा मुक्तिनाथ मन्दिरमा चढाईने भेटी दान गर्न नगद बोकेर हिड्नु पर्ने झन्झट नपर्ने पोखरा कार्यालयका प्रमुख खरेलले बताउनु भयो ।
यस्तै ,प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले प्रभु बैंकले सूचना र प्रविधिको अधिकतम् उपयोग गरी सेवाग्राहीलाई समय सापेक्ष नविनतम् बैंक सेवा प्रवाह गर्न कटिवद्ध रहेको बताउनु भयो ।
पवित्र धार्मिक स्थाल मुक्तिनाथ विकास समितिको बैंक खाता प्रभु बैंकमा रहेकाले बैंकले मुक्तिनाथ विकास समितिको खाताको क्यू आर कोड राखेपछि मुक्तिनामा जाने भक्तजनले डिजिटल भुक्तानी मार्फत सिधै खातामा दान गर्न सकिने व्यवस्था गरिएको हो । विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयमा संञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैकिंङ सेवा उपयोग गरी भेटी र आर्थिक सहयोग गर्न सकिनै प्रभु बैंकले जनाएको छ ।बैंकले बैंकिङ प्रविधिको माध्यमबाट भक्तजन र चन्दादाताले अधिकतम् लाभ लिनसक्ने विश्वाश गरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख राशशरण खरेलले मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालय मुस्ताङका कार्यालय प्रमुख हरिबहादुर भुजेललाई क्यू आर कोड हस्तान्तरण गर्नुभएको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया