जिसस मुस्ताङको निर्वाचनमा एमालेको स्पष्ट बहुमत

जोमसोम–जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमालेको स्पष्ट बहुमत देखिएको छ ।जिल्लाको ५ स्थानीय तहमा निर्वाचित अध्यक्ष र उपाध्यक्षद्धारा गरिने मतदानमा एमालेको स्पष्ट बहुमत छ ।
जिसस मुस्ताङको निर्वाचन जेठ २५ गते हुदैछ । यसका लागि मुख्य निर्वाचन कार्यालय मुस्ताङले जेठ १७ गते देखि २५ गतेसम्मको लागि जिसस निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
मुस्ताङमा नेकपा एमालेले ४ अध्यक्ष पद र ३ उपाध्यक्ष पद जितेको छ । नेपाली कांगे्रसले १ अध्यक्ष पद र २ उपाध्यक्ष पद जितेको छ ।जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा निर्वाचित अध्यक्ष र उपाध्यक्षहरुले मतदान गरेर नेतृत्व छान्न पाउँने प्रावधान छ ।जिसस निर्वाचनमा नेकपा एमालेको ७ मत र नेपाली कांग्रेसको ३ मत छ ।
जिसस निर्वाचन कार्यतालिका अनुसार जेठ २३ गते उम्मेदवार मनोनयपत्र दर्ता गर्ने,उम्मेदवारको सुचि प्रकाशन गर्ने,उम्मेदवार विरुद्ध उजुरी दिने र मनोनयपत्रको जाँच गरी निर्णय गर्ने र नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने जेठ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र अन्तिमदिन जेठ २५ गते दिउँसो २ बजे जिसस निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।
५ स्थानीय तह रहेको मुस्ताङमा नेकपा एमालेले लोमान्थाङ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो भने थासाङ गाउँपालिकामा अध्यक्ष पद जितेको थियो । यस्तै,नेपाली कांग्रेसले घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो भने थासाङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको थियो ।
जिसस निर्वाचन कार्यालय सार्वजनिक भएपनि जिससमा नेकपा एमालेको बहुमत रहेकाले कांग्रेसले निर्वाचन कार्यक्रममा भाग नलिई मतदान गर्न पर्दैन ।यदी कांग्रेसले निर्वाचनमा भाग लिएमा कार्यतालिका बमोजिम मतदान हुनेछ ।
जिसस निर्वाचनमा स्पष्ट बहुमत रहेको नेकपा एमालले मुस्ताङ वारागुङ मुक्तिक्षेत्र,थासाङ र घरपझोङबाट २ जनालाई प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनाउने निश्चित भएको छ ।जिसस निर्वाचन नजिकिदै गर्दा जिसस प्रमुख र उपप्रमसख पदमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट झारकोटकी माया गुरुङ र तिरीकी ल्हाम्ङे गुरुङको चर्चा सुरु भएको छ । घरपझोङ गाउँपालिकाबाट स्याङका आईतलाल थकाली र थासाङ गाउँपालिकाको टुकुचेबाट दिपक थकालीको नाम प्रमुख र उपप्रमुख पदका लागि चर्चामा छ ।
तपाईको प्रतिक्रिया