तारा एयर दुर्घटना: जाँच आयोगले काम थाल्यो

पोखरा ।
तारा एयरको विमान दुर्घटना जाँचका लागि गठन भएको जाँचबुझ आयोगले काम सुरु गरेको छ । आयोगले दुर्घटनाको खोज तथा उद्दार टोलीद्वारा जहाजको ककपिट भिडियो रेकर्ड (ब्ल्याक बक्स) दुर्घटनास्थलबाट खोजी गरी जिम्मामा लिएको छ । मृतकको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा जारी रहेको जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा विमान दुर्घटनाको कारण पत्ता लगाउन सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । जसमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने सदस्य छन् ।
समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ । पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरामा तारा एअरको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका ३ सदस्य र १९ यात्रु गरी २२ जनाको मृत्यु भएको थियो ।








२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया