जिसस कास्कीको निर्वाचन भाेलि

पोखरा ।
कास्की जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि जेठ २० गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार चुनावि कार्यलालिका सार्वजनिक गर्दै जानकारी दिएको हो ।
निर्वाचन तालिका अनुसार जेठ १९ गते बिहान १० बजेदेखि १०:३० बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावली सच्याउने छुट नामावली समावेश गर्न दरखास्त दिने र संशोधित नामावली प्रकाशन गर्ने समय तोकिएको छ । सोहि दिन १०:३० बजेदेखि पूर्वाह्न ११ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने, ११:३० बजे मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ ।
जेठ २० गते बिहान ९ बजेदेखि १०:३० बजेसम्म उम्मेदवारको मनोनयन पत्रको दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने समय तोकिएको छ । १०:३० बजेदेखि पूर्वाह्न ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ११ बजेदेखि ११:३० बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गरिने त्यस्तै ११.३० बजेदेखि मध्यान्न १२ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १२.३० बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन तालिका अनुसार मतदान दिउँसो १ बजेदेखि २ बजेसम्म हुनेछ ।
जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तिमा ३ जना महिला र कम्तिमा १ जना दलित वा अल्पसंख्यक गरि बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ ।
जिससमा प्रतिनिधि चुन्ने निर्वाचनमा पालिकाका प्रमुख उपप्रमुख मतदाता हुन्छन् । कास्कीका ५ पालिकाका १० जना मतदातामध्ये ६ जना नेकपा एमालेबाट निर्वाचित भएको हुदाँ जिसस प्रतिनिधि चुन्ने बहुमत एमालेसंग छ । कास्कीका ५ वटै पालिकाका मत जोड्दा एमालेको स्पष्ट बहुमत पुगेको छ ।
नेपालको संविधानको धारा २२० मा जिल्ला सभा (जिसस) मा गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य हुने व्यवस्था छ । यिनै सदस्यले जिसस गठनमा मतदान गर्न पाउँछन् । पोखरा महानगरपालिकाका उपप्रमुखमा १ जना, रुपागाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष २ जना, मादी गाउँपालिकामा उपाध्यक्ष १ जना, अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ जना गरी ६ जना एमालेबाट निर्वाचित भएका छन् । बाँकी ४ मध्ये ३ जना कांग्रेस र १ जना नेकपा एकीकृत समाजवादीका हुन् । समाजवादीबाट पोखराका मेयर र कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मादीका अध्यक्ष छन् ।
०७४ सालमा एमालेका बैनबहादुर अधिकारी प्रमुख र सावित्रा भण्डारी उपप्रमुख चुनिएका थिए ।









कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया