पोखरामा आमा र बच्चा मृतावस्थामा फेला

समाधान संवाददाता २०७९ जेठ १९ गते १४:२१

पोखरा ।
पोखराको शिर्जना चोकमा आमाछोरी मृत भेटिएका छन् । बुधबार पोखरा महानगरपालिका वडा नम्बर ८ सृजना चोक नजिकै नेपाल मार्ग स्थित डेरामा भुण्डिएको अवस्थामा आमाछोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका १३ घर भएकी ३६ वर्षीय सुशीला शर्मा र उनकी छोरी ७ वर्षीय सोनिका शर्मा छन् । डिएसपी तिवारीका अनुसार उनीहरुले ढोकाका चुकुल लगाई भुण्डिएको अवस्थामा फेला परेको बताए । ‘आमा पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई भुण्डिएको अवस्थामा र छोरी सोनिका विस्तारामा सुतिरहेको अवस्थामा मृत भेटिएको हो,’ डिएसपी तिवारीले भने । उनीहरुकाे पाेष्ट मार्टम रिपाेर्ट आउन बाँकी रहेकाे तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया