अमेरिकाका कर्मा र युकेका डेबिडलाई सम्मान

समाधान संवाददाता २०७९ जेठ १९ गते १५:५१

पोखरा ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा गुरुङ र तमु धिं युकेका सल्लाहकार डेबिड गुरुङलाई तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश र तमु धिं नेपालले स्वागत सम्मान गरेका छन् ।

अमेरिकाबाट पोखरा अएका तमु समुदायका अग्रज कर्मा र डेविडलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, संघका संस्थापक अध्यक्ष दुर्गा गुरुङले फेटा, खादा र बुकेले स्वागत सम्मान गरे ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका संस्थापक अध्यक्ष कर्माले स्वागत सम्मानका लागि धन्यवाद दिए । उनले तमुको एकता, मौलिकताको संरक्षण र विकासका लागि तमु संघ संस्था एवम कलाकारको भुमिकाको प्रशंसा गरे । उनले तमु कलाकार संघ गण्डकीलाई ५ हजार रुपैयाँ सहयोगसमेत गरे ।

तमु धिं युकेका सल्लाहकार एवम तमु धिं लन्डन इकाइका पूर्व अध्यक्ष डेविड गुरुङले तमुको एकता, सामूहिकताले नै अग्रगति लिन सकिने बताए । उनले तमु कलाकारको भूमिकाले तमुहरुलाई एउटै मालामा गाँस्न थप टेवा पुग्ने जनाए । उनले पनि तमु कलाकार संघ गण्डकीलाई ५ हजार रुपैयाँ सहयोग गरे ।

Advertisement

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरु जहाँ रहे पनि एक हौं भन्ने भावना जरुरी रहेको जनाए । मु(गुरुङ)कलाकार संघ गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारिता क्षेत्रबाट तमुलाई भावनात्मक एकता राख्न संघ सधै जुटिरहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया