सिम्ले सिरबानी-अँधेरीखोला झोलुँगे पुलसम्झौताको २ वर्षपछि शिलान्यास

समाधान संवाददाता २०७९ जेठ १९ गते १७:०३

सुशील सुवेदी।
स्याङ्जा ।
०७७ मा सम्झौता भएको झोलुंगे पुल २ वर्षपछि शिलान्यास भएको छ । स्याङ्जाका दुई पालिका जोडने सिम्ले सिरबानी अँधेरीखोला झोलुँगे पुल सांसद पद्या अर्यालले मंगलबार शिलान्यास गरिन् ।

वालिङ र भीरकोट नगरपालिका जोड्ने पुल बनाउन कोरोनाको कारण देखाउँदै निर्माण व्यवसायीले ढिलासुस्ती गरेका थिए । पूर्वमन्त्री समेत रहेकी अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइन् । अर्यालले भनिन्, ‘म मन्त्रालयमा हुँदा प्राथमिकतामा राखेर २ पटकसम्म सर्भे गराएर फाईनल गरेकी थिएँ । निर्माण कार्यमा ढिला सुस्ति भयो । अब समयमै यो पुल सम्पन्न हुनुपर्छ ।’

पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, सिरबानी, डुम्रेभञ्याङका १ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । पुल नहुँदा विद्यार्थी २ घण्टा हिँडेर पढ्न जानुपर्ने बाध्यता थियो । पुल निर्माणका लागी बिएटी कन्र्टक्सनले ०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । पुल यही मंसिरसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । यो पुल २ सय ५० मिटर लामो हुने सम्झौतामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया