कास्की जिसस प्रमुखको उम्मेदवारमा कांग्रेसबाट दीपेन्द्र ढकाल सिफारिस

पोखरा ।
कास्की जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवारका लागि नेपाली कांग्रेस कास्कीले दीपेन्द्र ढकाललाई सिफारिस गरेको छ । समन्वयको उम्मेदवार प्रदेश समितिले टुंगो लगाउने हुँदा जिल्ला समितिको बिहीबारको बैठकले ढकालको नाम कांग्रेस प्रदेश समितिलाई सिफारिस गरेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।
दीपेन्द्र ढकाल मादी गाउँपालिकाको वडा नम्बर १२ बाट निर्वाचित वडा सदस्य हुन् । जिससमा उम्मेदवार हुन पालिकामा निर्वाचित भइसकेको हुनुपर्छ ।
गठबन्धनको समझदारी अनुसार जिससको उपप्रमुखमा माओवादीबाट उम्मेदवार बनाउने भएपछि कांग्रेसले उम्मेदवार सिफारिस गरेको छैन । उपप्रमुखममा माओवादीबाट मादी ७ की उषा थापा उम्मेदवार हुने भएकी छन् । सदस्यहरुमध्ये पनि एकजना माओवादीका पुर्खबहादुर पुन उम्मेदवार हुने भएका छन् । उनी माछापुच्छ्रे १ का हुन् ।
कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार हुने भएका छन् ।
कास्की जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि जेठ २० गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार चुनावि कार्यलालिका सार्वजनिक गर्दै जानकारी दिएको हो ।
निर्वाचन तालिका अनुसार जेठ १९ गते बिहान १० बजेदेखि १०:३० बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावली सच्याउने छुट नामावली समावेश गर्न दरखास्त दिने र संशोधित नामावली प्रकाशन गर्ने समय तोकिएको छ । सोही दिन १०:३० बजेदेखि पूर्वान्ह ११ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने, ११:३० बजे मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ ।
जेठ २० गते बिहान ९ बजेदेखि १०:३० बजेसम्म उम्मेदवारको मनोनयन पत्रको दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने समय तोकिएको छ । १०:३० बजेदेखि पूर्वान्ह ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ११ बजेदेखि ११:३० बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गरिने त्यस्तै ११.३० बजेदेखि मध्यान्न १२ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १२.३० बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन तालिका अनुसार मतदान दिउँसो १ बजेदेखि २ बजेसम्म हुनेछ । जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तिमा ३ जना महिला र कम्तिमा १ जना दलित वा अल्पसंख्यक गरि बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया