याेगेशले पाए एमाले खेलकुद विभागकाे जिम्मेवारी
समाधान संवाददाता
२०७९ जेठ १९ गते १९:४१
पाेखरा ।
साहसिक खेलकुदका अभियन्ता योगेश भट्टराईले नेकपा एमालेको खेलकुद विभागको सदस्यको जिम्मेवारी पाएका छन् । पोखरा लेकसाइडमा पर्यटन व्यवसायी योगेश प्याराग्लाइडिङका खेलाडी हुन् ।
उनले १८ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रशिक्षक बनेर देशका लागि सिल्भर मेडलसमेत जितेका छन् । एमाले खेलकुद विभागका इन्चार्ज लीलबहादुर थापाले खेलकुद विभागलाई पूर्णता दिएका छन् ।
२५ सदस्यीय खेलकुद विभागमा साहसिक खेलकुदका अभियन्तालाई समेटेर एमालेले पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेको भन्दै एमालेका पर्यटन व्यवसायी खुसी भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया