नौलो घुम्तीको अभिभावकत्वमा कोरोना खोप

पोखरा ।
कास्कीमा बसोबास गर्ने नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागजात नभएकालाई नौलोघुम्ती नेपालले अभिभावकत्व प्रदान गर्दै कोरोना खोप लगाइएको छ ।
नौलो घुम्ती नेपालको आयोजना तथा कम्युनिटी सपोर्ट ग्रुपको प्राविधिक सहयोगमा खोप लगाइएको हो । कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी) का सचिव मनोज गुरुङले राज्यले एचआइभी संक्रमितका लागि सम्बोधन नभएको बेलादेखि नै आवाज उठाउँदै आएको बताए ।
पहिलो चरणमा ४ सय १० जना र दोस्रो चरणमा ४ सय १० जनाले खोप लगाएका छन् । शुक्रबारसम्म हुने खोप कार्यक्रममा सहभागी बढ्न सकने कोभिड १९ सेस्पोन्स प्रोग्राम अफिसर रुविना अधिकारीले बताइन् । जिल्ला स्वास्थ्य कार्यलय कास्की, पोखरा महानगर स्वास्थ महाशाखा, एआरटी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कम्युनिटी सपोर्ट ग्रुप, स्टार चिल्ड्रेन, महिला मञ्च कास्कीको समन्वयमा एचआईभी रोग प्रतिरोधात्मक औषधी प्रयोग गरिरहेका र हालसम्म पनि कोरोना विरुद्धको खोप नलगाएकालाई बिहीबार तेस्रो चरणको खोप लगाइएको छ ।








म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया