रुपाका जनप्रतिनिधिलाई अभिमुखीकरण

समाधान संवाददाता २०७९ जेठ २० गते १३:४४

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको छ । स्थानीय तहमा निर्वाचित भएपछि उनीहरुको काम, कर्तव्य, अधिकार र समन्वयको विषयमा सिकाइएको हो ।

पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी, योजना विकास तथा सकरात्मक सोच विज्ञ डा. रामचन्द्र लामिछाने, कोष तथा लेखा नियन्त्रण कार्यलय कास्कीका प्रमुख राम्जी शर्मा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र कास्कीका जिल्ला प्रहरी प्रमुख रमेश थापाले जनप्रतिनिधिलाई विभिन्न विषयमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रमले जनप्रतिनिधिलाई काम गर्न सहज हुने र क्षमतासमेत विकास हुने अध्यक्ष नवराज ओझाले बताए । समारोहमा रुपकोट अस्पतालमामा कार्यरत आनन्दलाल जोशी अवकास भएकाले उनलाई बिदाइ गरिएको छ । निवर्तमान जनप्रतिनिधिलाई समेत सोही समारोहमा बिदाइ गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया