सेल्टरदाता खेमकुमारीको निधन

समाधान संवाददाता २०७९ जेठ २१ गते १२:३८

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला निर्वाचन आयोगका पूर्व अध्यक्ष टीकाराम पंगेनीलाई मातृशोक परेको छ । पार्टीको जिल्ला कमिटी कास्कीको सल्लाहकार परिषदका पूर्व सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यसमेत रहेकी टीकारामकी आमा खेमकुमारी पंगेनीको बिहीबार राति ८५ वर्षमा निधन भएको हो ।

Advertisement

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी खेमकुमारीले कम्युनिस्ट पार्टीमाथि कठोर प्रतिबन्ध लगाएको अवस्थामा सेल्टरदाताको काम गरेकी थिइन् । खेमकुमारीका टीकारामसहित ५ छोरा र २ छोरी छन् । कास्कीको रुपाकोट मुल घर भएको पंगेनी परिवारको अहिले पोखरा ३२ सातमुहानेमा बसोबास छ ।

Advertisement

तपाईको प्रतिक्रिया