स्थानीय तह
स्थानीय तह स्वमूल्यांकनमा मुस्ताङको घरपझोङ गापा प्रथम
जोमसोम–स्थानीय तह स्वमूल्यांकन २०७७÷०७८ को लिजा नतिजामा मुस्ताङको घरपझोङ गाउँपालिका जिल्ला स्तरमा प्रथम भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जवाफदेहिता ,पारदर्शिता र प्रतिस्पर्धा प्रर्वद्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको स्थानीय तह स्वमूल्यांकन (एलआईएसए) नतिजा लिजामा घरपझोङ गाउँपालिका पहिलो भएको हो ।
स्थानीय तहको संस्थागत स्वमूल्यांकनमा प्रथम भएको मुस्ताङको घरपझोङ गाउँपालिकाले ४५ दशमलव २५ अंक पाएको छ ।यस्तै, थासाङ गाउँपालिकाले ४३ प्रतिशत ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ४१ दशमलव ७५ प्रतिशत,लोमान्थाङ गाउँपालिकाले ४१ दशमलव ०५ प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ३४ दशमलव २५ प्रतिशत अंकभार प्राप्त गरेको छ ।
मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा लेखाजोखो गरी सवल र दुर्वल पक्षहरुको पहिचान गर्ने,विकास र सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी दिने उद्देश्यले स्थानीय तहका लागि स्वमूल्यांकन प्रणाली लिजा कार्यान्वयनमा ल्याएको घरपझोङ गापाकी लिजा फोकल पर्सन सुजिता थकालीले जानकारी दिईन् ।
स्थानीय तहको आवधिक समिक्षाको आधार प्राप्त गर्न,योजना तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधार गरी स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले स्थानीय तहका १० वटा बिषयगतक्षेत्र र भारमा सय सूचक राखिएको हुन्छ ।
स्थानीय तहको प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा व्यवस्थापन,वित्तिय एवं आर्थिक व्यवस्थापन,सार्वजनिक सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सहकार्य र समन्वय लगायतका प्रश्नावलीहरुमा स्थानीय तहले स्वमूल्यांकन गरी लिजा प्रणालीमा ईन्ट्री गर्नुपर्ने घरपझोङकी लिजा फोकल पर्संन थकालीले उल्लेख गरिन् ।यसरी ईन्ट्री गर्दा बिषयगत प्रतिवेदनसहित तथ्यहरु समेत पेश गर्नुपर्ने फोकल पसर्न थकालीको भनाई छ ।
मुस्ताङमा स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा)सम्वन्धि)कर्मचारीलाई आवश्यक प्राविधिक ज्ञान नहुँदा स्वमूल्यांकनमा कार्यप्रगती पेश गर्न समस्या पर्ने गरेको घरपझोङकी फोकल पर्सन थकालीले उल्लेख गरिन् । सरकारलेनै लिजा संम्वन्धि प्राविधिक दक्षता हासिल गर्ने कर्मचारी वा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने थकालीको भनाई छ ।
तपाईको प्रतिक्रिया