स्वास्थ्य
छुसाङमा परिवार नियोजन शिविर

जोमसोम–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ स्थित स्वास्थ्य चौकीमा १ दिने परिवार नियोजनका अस्थायी साधन सम्वन्धि शिविर सञ्चालन गरिएको छ ।वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजना तथा व्यवस्थापनमा भएको परिवार नियोजन शिविरमा वडाका ६५ जना महिला लाभान्वित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ,उपाध्यक्ष ढिकी गुरुङ,वडाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत जितु रानामगर लगायतको उपस्थिती भएको परिवार नियोजनका अस्थायी साधन सम्वन्धि शिविरमा २४ जना महिलाले ईम्पलान्ट ,१४ जना महिलाले ईम्प्लान्ट राख्ने ,१५ जना महिलाले डिपो लगाउने र ११ जना महिलाले पिल्स खाने औषधिको सेवा लिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र गापाको स्वास्थ्य शाखाको व्यवस्थापनमा भएको परिवार नियोजन सम्वन्धि शिविरमा जोमसोम अस्पतालका कर्मचारीहरुले प्राविधिक सहयोग गरेका थिए । यसअघि मुस्ताङ जिल्ला अस्पतालमै पुगेर ईम्पलान्ट झिक्नु पर्ने अवस्था रहेकोमा पालिकालेनै जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक बोहोराको भनाई छ ।







नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया