लामाचौरमा नेवारी भाषा प्रशिक्षण

समाधान संवाददाता २०७९ जेठ २१ गते १५:३९

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण सुरु भएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखराका सचिव देवेन्द्र लामिछानेले प्रशिक्षण सुरुआत गरे ।

Advertisement

सचिव लामिछानेले गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातिको मातृभाषा संरक्षणका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न सहयोग गरेको बताए । मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रम फलदायी बन्ने उनको विश्वास छ ।

लामाचौर नेवाः खलः गुठी अध्यक्ष रामप्रसाद क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे र गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बोलेका थिए । विक्रम उदास र मधुसुदन जोशीले नेवारी भाषा सिकाएका छन् ।
नेवाः खलः कास्की र नेवाः ल्याम्हं पुचः कास्कीको आव्हान तथा लामाचौर नेवाः खलः गुठीको आयोजनामा सुरु भएको प्रशिक्षण १ महिनासम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा २५ जना सहभागी छन् ।

Advertisement

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाति विस्तापित भाषा नाम दिएर प्रशिक्षण आयोजना भइरहेका छन् । तामाङ र दुरा भाषाको प्रशिक्षण भइसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले बताए । नेवारी भाषा प्रशिक्षण कार्यक्रम भने दोस्रो पटक हुन लागेको हो ।

जेठ २२ गतेबाट गुरुङ भाषाको प्रशिक्षण सुरु गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया