रूपा गाउँपालिकाका जनप्रतिनिधिलाई शिवालय माविमा सम्मान

पोखरा ।
कास्कीको रूपा गाउँपालिका २ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।
सो गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीसँगै वडा सदस्यहरूलाई सम्मान गरिएको हो । वडा सदस्यमा निर्वाचित सोही विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष रामचन्द्र ओझा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबाबु सुवेदी तथा हिता रुपाखेती र अनिता रानालाई पनि सम्मान गरिएको छ ।
गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित विद्यालयकी पूर्व विद्यार्थी लालसुब्बा गुरुङलाई पनि सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वलाई प्रधानाध्यापक रुपिन्द्र प्रभावी, विद्यालय व्यवस्थापन समिति सदस्य श्रीकृष्ण सुवेदी, विमला गुरुङ, कौशिला परियार तथा शिक्षक विद्यार्थीले फूल, माला, अबिर, सम्मानपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।
नवनिर्वाचित वडाध्यक्ष राजन सुवेदीले वडा नम्बर २ लाई नमुना वडा बनाउन पहल गर्ने बताए । शिक्षालाई सधैँ प्राथमिकतामा राखेर योजनाअघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शिवालयको हितका लागि हिजोभन्दा पनि थप ऊर्जाका साथ अघि बढ्ने धारणा राखे ।
विद्यालय व्यवस्थाप समितिका कार्यवाहक अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक संघकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया