पोविवि शिक्षण अस्पताल असारबाटै सञ्चालनमा आउने
तत्काल बहिरंग सेवा थाल्ने र मंसिरसम्म सय बेडको शिक्षण अस्पताल चलाउने योजना

सञ्जय रानाभाट
पोखरा ।
पोखरा विश्वविद्यालयले असारबाट अस्पताल सुरु गरी बहिरंग विभाग (ओपिडी)सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्वविद्यालय परिसरभित्रकै छात्रावासलाई ‘मोडिफाई’ गरेर ओपिडी सेवा सञ्चालन गर्ने विश्वविद्यालयका राजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार ओपिडी सञ्चालन ल्याउन आवश्यक प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्तिको कामसमेत अन्तिम चरणमा पुगेको छ । अस्पताल सञ्चालनको सुरुको चरणमा बिरामी जाँच्ने बहिरंग सेवा (ओपिडी) थाल्न लागिएको हो । ‘ओपिडीलाई चाहिने भवन तयार गर्न अहिले धमाधम काम भइरहेको छ । आवश्यक बेडहरु कर्मचारी, साथै अन्य भौतिक सामग्रीहरु खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘हामी सुरुमा इमेर्जेन्सी सेवा सञ्चालन गर्छाैं ।’
अस्पताल निर्माणका लागि शुक्रबार पोखरा विश्वविद्यालयले सूर्य कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी र कन्स्ट्रक्सन कम्पनीका निर्देशक सूर्यनारायण बरालबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो । १ सय बेडको शिक्षण अस्पताल भवन बनाउने सम्झौता भएको छ । ‘भवन निर्माण गर्न शुक्रबार निर्माण कम्पनी सूर्य कन्ट्रक्सनसँग ७ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको छ,’ रजिस्ट्रार भण्डारी भने, ‘भवन निर्माण अगावै हामीहरु शिक्षण अस्पताल सुरुआत गर्छौं ।’
उनका अनुसार मंसिरसम्म सय बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने योजना छ । उनले भदौबाट २५ बेडको सेवा सुरु बताए । ‘मंसिरसम्ममा विश्वविद्यालयको आफ्नै १ सय बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याउँछौं । हाम्रो विद्यार्थीहरुलाई बाहिर गएर पढ्नुपर्ने बाध्यता अन्त्य गर्छौैं,’ भण्डारीले भने ।
स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरेको उनले बताए । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययनपछि ठेक्का सम्झौता भएको विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले बताए । उनले शिक्षण अस्पताल आधुनिक किसिमका सामग्रीहरुमा प्रयोगमा ल्याइने बताए ।
२५ वर्र्षदेखि प्यारामेडिक विद्यार्थीहरु उत्पादन गरिरहेको पोखरा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । विश्वविद्यालयले शुल्क तिरेर प्यारामेडिकल विद्यार्थीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालबाट शिक्षण गराउँदै आएको रजिस्ट्रार भण्डारीले बताए । ‘२५ वर्षदेखि प्यारामेडिकल विषयमा शिक्षण गराए पनि विश्वविद्यालयका आफ्नै अस्पताल नहुँदा यहाँ पढ्ने विद्यार्थीहरुले धेरै दुख पाएका थिए ।
विद्यार्थीहरुलाई बाहिर लगेर पठाउँदा वार्षिक १ करोड रुपैयाँ शुल्क तिर्नुपरेको थियो । विश्वविद्यालयको आफ्नै अस्पताल भएको भए । हाम्रो बचत हुन्थ्यो,’ उनले भने । अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडि), अन्तरंग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ । ‘लामोसमयदेखि शिक्षण अस्पताल बनाउने भने पनि भवन निर्माणमा ढिला हुन सकेको थिएन,’ भण्डारीले भने ।
अस्पतालमा प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडी), अन्तरंग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतीक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन हुने उनले बताए ।
विश्वविद्यालयमा प्यारामेडिक अन्तर्गत स्वास्थ्यका १२-१३ वटा वटा कार्यक्रमको पठनपाठन भइहरहेको भण्डारीले सुनाए । बिएस्सी नर्सिङ, बिफर्मा, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजी र फिजियोथेरापीको पढाइ हुन्छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एक सय बेडको शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति दिएको छ । राजिस्ट्रार भण्डारीका अनुसार विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन लतत्तै मेडिकल कलेज सञ्चालनमा ल्याउने बताए । ‘यो क्षेत्रका मान्छेलाई सामान्य विरामी हुँदा पोखरा जानुपर्ने बाध्यता अब विश्वविद्यालयको शिक्षण अस्पतालले हटाउछ । समग्र लेखनाथवासी आसपासका जिल्लालाई यो अस्पतालले सेवा दिन्छ,’ उनले भने, ‘शिक्षण अस्पताललाई पनि हामी १ हजार बेडसम्म पुर्याउने हाम्रो लक्ष्य छ ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया