मगर महिला संघको महाधिवेशन आजबाट

पोखरा ।
नेपाल मगर महिला संघको सातौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा सुरु हुँदै छ । नेपाल मगर महिला संघ केन्द्रीय समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गर्दै महाधिवेशन २४ गतेसम्म चल्ने जानकारी गराएको हो ।
जनसंख्याको आधारमा पूर्ण सामानुपातिक महिला प्रतिनिधित्वका लागि सशक्तीकरण र पहिचानको संरक्षण, सम्वद्र्धनको पक्षमा रणनीति बनाउने सवालमा महाधिवेशन केन्द्रीत हुने संघका केन्द्रीय समितिका अध्यक्ष विनिता आलेमगरले बताइन् ।
सामाजिक न्याय र मगर महिलाको मुक्तिका लागि २०५५ मा स्थापना भएको नेपाल मगर महिला संघ, केन्द्रीय समिति आगामी असोज ३ गतेदेखि २३ वर्षमाा प्रवेश गर्दै छ । संघले आफ्नो संगठनिक इतिहासमा सातौं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनमा संघको सात प्रदेशका प्रदेश समिति, विदेश शाखा, विदेशका महिला प्रमुख तथा महिला विभाग प्रतिनिधि र ५६ जिल्लाका प्रतिनिधि गरी २ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया