सशक्त नमूनाको वार्षिकोत्सवमा सम्मान

पोखरा ।
पोखरा ७ मासबारमा रहेको शसक्त नमूना महिला समूह ११ औं वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छवि गौडेलले समूहले उत्कृष्ट काम गर्दै आएको बताए ।
संस्थाले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यलाई सम्मान गरेको छ । वडा सदस्य विष्णुमणि बरालले अग्रजले वडामा लिएको बाटो आफूहरुले पछ्याउँदै वडाको विकासमा लाग्ने प्रतिवद्धता गरे । अर्की वडा सदस्य वसुन्धरा लामिछानेले महिला समूहहरुलाई अझ सशक्त बताउन आफूहरु लाग्ने बताइन् ।
कार्यक्रममा महिला क्लब पोखरा ७ की अध्यक्ष मिना आचार्य, महिला विकासका लागि आमा समूह पोखरा ७ अध्यक्ष मेनका बराल, मासबार आमा समूह अध्यक्ष टीकादेवी अधिकारी, जागरण बहुमुखी सहकारीका अध्यक्ष मोतिराम बराल, मदरल्यान्ड माविका प्राचार्य नारायण बराल लगायतले बोलेका थिए ।
समारोहमा रामजीप्रसाद बराल, तारा बराल ढकाल, अस्मिता अधिकारी, राधा बराललाई सम्मान गरिएको छ ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया