सञ्चारिका समूहको पदस्थापन

समाधान संवाददाता २०७९ जेठ २२ गते १५:०२

पोखरा ।
सञ्चारिका समूह गण्डकी प्रदेशको छैठौ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यको शनिबार पदस्थापन भएको छ । निर्वाचित समितिका संयोजक दुर्गा भण्डारीले पदाधिकारी तथा सदस्यलाई सपथ गराइन् ।

Advertisement

गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले पत्रकार महिलाको साझा मुद्दालाई सचेत भएर उठाउन सुझाव दिइन् । उनले पत्रकार महिलाको सवाललाई नीतिगत रुपमा समेट्न प्रयास गर्ने उल्लेख गरिन् । ‘संख्यात्मक रुपमा विकास हुँदै गएको पत्रकार महिलाको क्षमता तथा गुणात्मक विकासमा ध्यान दिन आवश्यक छ,’ उनले भनिन्, ‘पत्रकारितामा नयाँ पुस्ताको आकर्षण, व्यवसायिक विकास र लगानीको वातावरण बनाउनु पर्छ ।’

गैसस महासंघ नेपाल अध्यक्ष रामप्रसाद सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एक भएर काम गर्न नेपाल पत्रकार महासंघसँग समझदारी गरेको बताए । जनजीविका, मानव अधिकारका साझा मुद्दामा साझा बुझाईका साथ साझा ढंगले चल्न प्रस्ताव राख्दै अध्यक्ष सुवेदीले प्रदेश तथा जिल्ला स्तरमा गैसस महासंघ र नेपाल पत्रकार महासंघको साझा मञ्च बनाएर काम गर्न आग्रह गरे ।

Advertisement

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठ, निवर्तमान अध्यक्ष स्मिता अधिकारी, पूर्व अध्यक्ष जमुना शर्मा वर्षा, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष ईन्द्रप्रसाद पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)गण्डकी अध्यक्ष रुद्र श्रीषमगर, प्रेस चौतारी नेपाल कास्की अध्यक्ष अर्जुन गिरी, अधिवक्ता विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया