ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तर विद्यालय क्रिकेट सुरु

पोखरा ।
पोखरामा शनिबारदेखि ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउन्डेसन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
पोखराको अम्मरसिंह खेल मैदानमा भएको प्रतियोगिताको शनिबार एक समारोहका बीच किडासाका नेपालका लागि डेपुटी देशिय प्रतिनिधि हितमान गुरुङले उद्घाटन गरे । उनले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिए । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेलबाटै नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाएको प्रसंग जोड्दै गुरुङले प्रतियोगितालाई निरन्तर दिन सकिए नेपालबाट अरु दक्ष खेलाडी उत्पादन हुन सक्ने बताए ।
पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले क्रिकेट विकासका लागि हातेमालो गर्ने संस्थाप्रति कृतज्ञता जाहेर गरे । पोखरामा युवा खेलाडी उत्पादनका लागि विद्यालय स्तरीय क्रिकेटका प्रतियोगिता सञ्चालन गरिनुपर्नेमा उनले जोड दिउ ।
उद्घाटन खेलमा अमरसिंह माविले गगन सेकेन्डरी स्कुललाई पराजित गरेको छ । सो खेलमा ३८ बलमा १ सय २० रन बनाएका अम्मरसिंहका सुदीप भट्टराई म्यान अफ द म्याच भए । अर्को खेलमा त्रिभुवन माविले जनप्रकाश माविलाई पराजित गर्दा ३ ओभरमा ३ विकेट लिएका त्रिभुवन माविका आशीष नेपाली म्यान अफ द म्याच भए । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ १४-१४ टिमको सहभागिता छ ।









तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया