भलिबल संघका जिल्ला र प्रदेश अधिवेशन तय

समाधान संवाददाता २०७९ जेठ २२ गते १६:५६

पोखरा ।
नेपाल भलिबल संघले असार १० गतेभित्र जिल्ला र प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । संघको केन्द्रीय समितिको पोखरामा शनिबार बसेको बैठकले अधिवेशन गर्न प्रतिनिधि तोकेको छ ।

प्रदेश १ मा मदन खड्का, मधेसमा उपेन्द्र यादव, बागमतीमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऐनबहादुर शाही र सुदूरपश्चिममा हर्कसिंह धामीलाई तोकेको छ ।

बैठकले संघका पूर्वअध्यक्ष गंगााबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । समिति सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ छन् । बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई केन्द्रीय अधिवेशनमा लैजाने, एसियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवादबारे छानबिन गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया