
सुन्दरकुमार थकाली।
जोमसोम ।
तारा एअरको नाइन एनइटी जहाज दुर्घटनाबारे जाँचुबुझ गर्न बनेको ५ सदस्यीय छानबिन टोली शनिबार दुर्घटना स्थल थासाङ गाउँपालिका २ को मानापाथी हिमालको फेंद स्थित सानुसरे पहाड पुगेर फर्किएको छ । टोलीका सदस्य दुर्घटना स्थल अवलोकन, अनुसन्धान र दुर्घटनाबारे तथ्य संकलन गरी फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अघिल्लो आइतबार बिहान सम्पर्क विहीन भएको थियो । जहाज दुर्घटना भएको पहिलो दिन मौसमी प्रतिकुलताका कारण दुर्घटना स्थल पहिचान गर्न सकिएको थिएन । दोस्रो दिन बिहान लेंकमा यार्सा टिप्न गएको टोलीले दुर्घटना स्थल पत्ता लगाएरपछि उद्धार थालिएको थियो ।
जहाज दुर्घटनाको सत्यतथ्य छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्ययीय जहाज दुर्घटना छानबिन समिति गठन गरेको थियो । समितिमा क्याप्टेन दीपुराज ज्वारचन, वरिष्ठ मेन्टिनेन्स ईन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसम विद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
छानबिन टोली एअर डायनोस्टिकको हेलीमार्फत दुर्घटना स्थल सानुसरे पुगेको थियो । उनीहरुले जोमसोम विमान स्थलका कर्मचारीसँग जहाज दुर्घटनाका कारण अन्य बिषयमा जानकारी लिएका थिए । तारा एअर जहाज दुर्घटना स्थलबाट जहाजका आवश्यक उपकरण तथा जहाजका महत्वपूर्ण सामान काठमाडौं लगिएको स्थानीय ईन्द्रसिंह शेरचनले बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया