जिसस निर्वाचनमा एमालेको उम्मेदवार फाईनल
माया गुरुङ प्रमुख र आईतेलाल थकाली उपप्रमुख पदका लागि उम्मेदवारी दिने

जोमसोम–नेकपा एमाले मुस्ताङले जिल्ला समन्वय समितिमा जाने उम्मेदवारको टुंगो लगाएको छ ।आईबार पार्टी कार्यालय जोमसोममा बसेको एमाले जिल्ला कमिटी सचिवालयको बैठकले जिल्ला समन्वय समिति निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको टुंगो लगाएको पार्टी अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेकपा एमाले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो भने नेपाली कांगे्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष पद जितेको थियो । जिल्ला समन्वय समितिको पदाधिकारी चयनको निर्वाचनका लागि स्थानीय तहमा निर्वाचित अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँने व्यवस्था छ । जिसस निर्वाचनका लागि एमालेको ७ मत र कांग्रेसको ३ मत छ ।
मुख्य निर्वाचन कार्यालयले जेठ १७ गतेदेखि २५ गतेसम्म मतदाता नामावाली संकलनदेखि मतदान प्रक्रियासम्मको एक साता लामो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।जिसस निर्वाचनका लागि भोली सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले आईतबारनै आफ्नो पार्टीको तर्फबाट जिससमा जाने पदाधिकारी उम्मेदवारको नामावली फाईनल गरेको पार्टी अध्यक्ष थकालीको भनाई छ ।
एमाले सचिवालय बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटकी माया गुरुङलाई प्रमुख र घरपझोङ गाउँपालिका–३ स्याङका आईतेलाल थकालीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिवालयले जनाएको छ ।यस्तै,जिससको सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक,घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।एमाले सचिवालय बैठकले यसअघि स्थानीय तह निर्वाचन सहकार्य गरेको राप्रपालाई सदस्य पदमा समर्थन गर्दै विमला परियारलाई उम्मेदवार बनाउने भएको छ ।
५ स्थानीय तह रहेको मुस्ताङमा नेकपा एमालेले लोमान्थाङ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो भने थासाङ गाउँपालिकामा अध्यक्ष पद जितेको थियो । यस्तै,नेपाली कांग्रेसले घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो भने थासाङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको थियो ।







पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया