मुस्ताङका ५ स्थानीय तहलाई ९३ करोड ७७ लाख

जोमसोम–
हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहलाई ९३ करोड ७७ लाख बजेट विनियोजन भएको छ ।आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण स्वरुप उक्त बजेट विनियोजन गरेको हो ।
संघीय सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि मुस्ताङका ५ पालिकालाई चालुतर्फ ७९ करोड ३ लाख र पुँजीगततर्फ १४ करोड ७४ लाख रुपैया बजेट विनियोजन गरेको हो ।
मुस्ताङका ५ स्थानीय तह अन्तर्गत घरपझोङ गाउँपालिकालाई २१ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।जसमा चालुतर्फ १८ करोड ५९ लाख र पुँजीगततर्फ २ करोड ९४ लाख छ ।थासाङ गाउँपालिकालाई २१ करोड ६९ लाख बजेट विनियोजन भएकोमा चालुतर्फ १८ करोड र पुँजीगततर्फ ३ करोड ३८ लाख रुपैया छुट्याईएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई १६ करोड ९३ लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ १२ करोड ३९ लाख र पुँजीगततर्फ ४ करोड ५४ लाख बजेट विनियोजन भएको हो ।
लोमान्थाङ गाउँपालिकालाई १६ करोड ४८ लाख बजेट विनियोजन गरिएकोमा चालुतर्फ १३ करोड ९५ लाख र पुँजीगततर्फ २ करोड ५३ लाख छ ।
त्यस्तै,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई १७ करोड १४ लाख विनियोजन गरिएको छ ।जसमध्ये चालुतर्फ १५ करोड ७९ लाख रहेको छ भने पुँजीगत १ करोड ३५ लाख छ ।






आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया