वातावरण दिवसमा पदयात्रा र पदमार्ग सफाइ

पोखरा ।
विश्व वातावरण दिवसको अवसरमा ट्रेकिङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराले पदयात्रा, पदमार्ग सरसफाइ तथा अन्तरक्रिया गरेको छ ।
टेसाले आइतबार पोखरा २५ हेमजा मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम र वडा नम्बर ७ धम्पुससम्मको पदमार्गमा सरसफाइ गरेको हो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर टेसाले सफाइ गरेको छ । संकलित फोहोर माछापुच्छे« ६ का वडाध्यक्ष टेकनाथ गौतम र ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीलाई टेसाले हस्तान्तरण गरेको छ । टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले वार्षिक कार्यक्रम अनुसार वातावरण दिवसमा १ दिनको पदयात्रा र पदमार्ग सरसफाइ गरेको बताए ।
‘पोखराबाट नजिकका गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेका छौं,’ उनले भने, ‘यसले आफ्नो गाउँ, टोल, पदमार्गलाई सफा राख्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन र पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुगेको छ ।’ टेसाले माछापुच्छे« ७ मा आइतबार नै विश्व वातावरण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वभर मनाइने वातावरण दिवस पोखरामा पनि पर्यटनसँग सम्बन्धित संस्थाले मनाउनु अर्थपूर्ण भएको बताए । ‘अहिले ट्रेकिङ रुट मासिँदै गएका छन् । भएकामा पनि फोहोर त्यस्तै छ,’ उनले भने, ‘विदेशी पर्यटक डाइभर्ट हुने हुन् कि भन्ने चिन्ता छ । त्यसका लागि स्थानीय जनप्रतिनिधिले नै मुख्य रुपमा सोच्नुपर्छ ।’
माछापुच्छ्रे ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीले गाउँकार्यपालिकाको पहिलो बैठकमा वातावरणको मुद्दालाई प्रमुखताका साथ उठान गर्ने प्रतिवद्धता गरे । उनले मोटरबाटोको सट्टा वैकल्पिक पदयात्रा मार्गको संरक्षण आफ्नो प्राथमिकतामा रहेको सुनाए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले टेसाको उक्त कार्यक्रमले स्वास्थ्यमा सचेतना र व्यवसायको प्रवद्र्धनमासमेत सहयोग पुगेको बताए । टेसाले झण्डै १२ किलोमिटर लामो पदमार्गमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गरेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया