माउन्ट अन्नपूर्णमा वातावरण दिवस

समाधान संवाददाता २०७९ जेठ २३ गते १४:३३

पोखरा ।
माउन्ट अन्नपूर्ण मावि नदीपुरले विश्व वातावरण दिवसमा सरसफाइ र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विश्वभरी हरेक वर्ष ५ मेमा यो दिवस मनाइन्छ ।

माउन्ट अन्नपूर्णले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय वरिपरिका भिसी मार्ग, ज्ञान मार्ग, बाल मन्दिर मार्ग, कन्या मार्ग, भैरवटोल, भीमसेन टोल, नालामुख लगायत क्षेत्रमा सरसफाइ गरेको छ । ग्रिन भ्याली रिसाइकलर्स पोखराका प्रकाश आचार्यले प्लास्टिक र प्लास्टिक जन्य सामाग्रीलाई पुनः प्रशोधन गरी फोहोरलाई मोहरमा कसरी परिणत गर्न सकिन्छ भन्नेबारे प्रकाश पारे ।

गोविन्द आचार्यले फोहोर जथाभावी फ्याक्नाले पर्नसक्ने कुप्रभावबारे बुझाए । यसरी प्रयोगात्मक र प्रशिक्षणसहित भएको कार्यक्रमले विद्यार्थीलाई वातावरण र वातावरण दिवसबारे जानकारी दिएको विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया