रामबजार युथ क्लबमा रक्तदान

समाधान संवाददाता २०७९ जेठ २३ गते १५:३८

पोखरा ।
पोखरामा रक्त अभावलाई मध्यनजर गरी रामबजार युथ क्लबले नवौं वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको खुला रक्तदानमा ३४ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान आरम्भ गरेकी थिइन् ।

Advertisement

उपसभामुख शर्माले रामबजार युथ क्लवले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिइन् । क्लबले युवालाई विकृति र विसंगतिबाट मुक्त गराई सामाजिक सेवामा लाग्न प्रेरित गरेको उनको भनाइ छ ।

कार्यक्रममा वडा नं. १० का वडा सदस्य पूर्णचन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु रामबहादुर गुरुङ, रुपक गुरुङ, डा. चन्द्रबहादुर गुरुङ, ज्ञानबहादुर थापा, क्या. थमन थापा, भूपेन्द्र कुँवर, माया गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रालिका सञ्चालक सदस्य विकास थापा र रामबजार ट्याक्सी सेवा प्रालिका संयोजक झकवीर थापाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया