पोखरा अनुसन्धान केन्द्रमा पूर्व बजेट छलफल

समाधान संवाददाता २०७९ जेठ २४ गते ११:३२

पोखरा ।
पोखरा अनुसन्धान केन्द्रको पहलमा सोमबार पूर्व बजेट छलफल भएको छ । कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास, आदि विभिन्न क्षेत्रका लागि गएको ५ वर्षको बजेट विनियोजनमा छलफल भएको छ ।
पोखरा अनुसन्धान केन्द्रका पूर्व संसदीय सहयोग कार्यक्रम, गण्डकी २०२१-२२का १३ जना फेलोहरुले गएको ५ वर्षे बजेट विनियोजन र बजेट कार्यान्वयनको समीक्षात्नक अनुसन्धान रिपोर्ट तयार गरेको थिए । रिपोर्टमाथि उपस्थित व्यक्तित्वले टिप्पणी गरेका थिए ।

Advertisement

निजी क्षेत्रका सहभागीले उद्यमशीलता र स्थानीय आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरे भने शिक्षाविद्हरूले गण्डकी प्रदेशको शिक्षा क्षेत्रका विभिन्न योजना तथा आयोजना माग गरे । केन्द्र र स्थानीय बजेट विनियोजनबीचको विकासको खाडल प्रादेशिक बजेटले पूर्ति गर्नुपर्ने, प्रादेशिक विशिष्टीकरण योजनालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहको सम्भाव्यतालाई ध्यानमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत सहभागी थिए । पोखरा अनुसन्धान केन्द्र सुशासनसहितको आर्थिक स्वतन्त्रता निर्माण र प्रवद्र्धन गर्न घरेलु सार्वजनिक नीतिमा काम गर्ने थिंकट्यांक हो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका २५ जनाको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया