डिभाइन युथ क्लबद्वारा रक्तदान कार्यक्रम
समाधान संवाददाता
२०७९ जेठ २४ गते १२:०१
पोखरा ।
श्यामा श्याम सत्सङ न्युरोडको १०औ बार्षिकउत्सबको उपलक्षमा डिभाइन युथ क्लब कास्कीद्वारा वृहत खुला ‘रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । डा वसन्त कुमार ताम्राकार को प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । विभिन्न संघ सस्थाका व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।
अहिले को अवस्था लाई नियाल्दा पछिल्लो समयमा रगतको अभाव रहेकोले र केहि थप सहयोग होस भन्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरेको डिभाइन युथ क्लव कास्कीका अध्यक्ष सुकदेव गुरुङ ले बताएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया