
पोखरा ।
गण्डकी प्रदेशको वर्तमान सरकारको अन्तिम नीति तथा कार्यक्रम आज गण्डकी प्रदेश सभामा सार्वजनिक हुँदै छ । संघीय संरचना कार्यान्वयसँगै बनेको प्रदेश सरकारको पहिलो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो । आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वले मंगलबार प्रदेश नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यो सरकारको नीति तथा कार्यक्रम पहिलो पटक हो । प्रदेश नीति तथा कार्यक्रम पाँचौं हो । यसबिचमा गण्डकी प्रदेशमा दुई पटक प्रदेश सरकार र चारपटक प्रदेश प्रमुख फेरिएका छन् । पृथ्वीमान गुरुङ गण्डकीका चौथौं प्रदेश प्रमुख हुन् ।
उनीअघि बाबुराम कुँवर, अमिक शेरचन र सीता पौडेल प्रदेश प्रमुख थिए । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेश र संघको निर्वाचन लक्ष्ति ल्याउन लागेको सत्ता पक्षकै सांसदहरुले बताएका छन् । प्रदेश सरकारले विगतमा दिँदै आएको कृषि अनुदान कटौति गरेको प्रदेश सरकारको एक मन्त्रिले जानकारी दिए ।
नीति तथा कार्यक्रममा आर्थिक प्रदेशमा रोजगार सृजना गर्ने, दक्ष कामदार उत्पादन गर्ने, कृषि उत्पादन, रोजगार र प्रदेशका राजस्व वृद्धिलाई प्रदेश सरकारले प्रथामिकता दिएको प्रदेश नीति तथा योजना आयोगका कर्मचारीले जनाकारी दिए । ती कर्मचारीका अनुसार प्रदेश नीति तथा कार्यक्रममा पूराना प्रदेश गौरवका योजनाहरुलाई निरन्तरता दिएको छ । कतिपय योजनाहरुलाई दोहोरिएको छ ।
प्रदेश सरकारले यो भन्दा अघि नीति तथा कार्यक्रममा समेटेका योजनाहरु कार्यान्वयन चरणमा समेत गएका छैन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया