शिशु कल्याणमा वातावरण दिवस

समाधान संवाददाता २०७९ जेठ २४ गते १२:४८

पोखरा ।
पोखरा १७ छोरेपाटन बेलघारी मार्गमा अवस्थित शिशु कल्याण इङ्लिस स्कुलले बिभिन्न कार्यक्रम आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
शिक्षक दीपक रेग्मीको संयोजकत्वमा भएको कार्यक्रममा प्रिन्सिपल ईश्वरीप्रसाद शर्मा, शिक्षक मदनप्रसाद बराल तथा विद्यार्थीहरु जेनिस मल्ल तथा समिपा लम्सालले वातावरण दिवसबारे बोलेका थिए । कार्यक्रममा कक्षा १० का विद्यार्थीले वातावरण संरक्षणसम्बन्धी विभिन्न नारा सहितका प्लाकार्ड र कक्षा ९ का विद्यार्थीले तावरणसम्बन्धी चित्रकला प्रदर्शनी गरेका थिए ।
विद्यार्थीले ३ भिन्न समूहमा शितल चौतारी, सिमलटुँडा र बेलघारीमा सरसफाइ गरेको छ ।

तपाईको प्रतिक्रिया