वाइफाइबाट चल्ने एसी बजारमा

समाधान संवाददाता २०७९ जेठ २४ गते १३:४४

पोखरा ।
एलजी ब्रान्डले स्र्माट थिङक्यु भएको वाइफाइबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्मार्ट थिङक्यु भएको एससी वाइफाइमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलबाट चलाउन मिल्छ । आवाजले पनि वाइफाइमार्फत यसलाई नियन्त्रण गर्न सकिन्छ ।

Advertisement

इन्भटर्र प्रविधि भएको यस एससीमा १० वर्षको वारेन्टी छ । यो एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । डुएल इन्भर्टर कम्प्रेसर रहेको यो एसीले ७०% बिजुली बचत गर्ने छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने कम्पनीको दाबी छ ।

एलजी घरायसी सामग्रीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि हो ।

Advertisement

तपाईको प्रतिक्रिया