प्लास्टिक व्यवसायी समितिमा ऋषिराम

पोखरा ।
पोखरा प्लास्टिक व्यवसायी समितिको अध्यक्षमा ऋषिराम शर्मा चुनिएका छन् । शनिबार पोखरामा भएको समितिको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्माको अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा रामचन्द्र लामिछाने, सचिवमा पशुराम तिवारी, सहसचिवमा युवराज इटनी र कोषाध्यक्षमा हरिशरण अधिकारी छन् । सदस्यमा बिमला बराल, सरस्वती आचार्य, युवराज दाहाल, शान्ताराम कुइँकेल, हरिप्रसाद कोइराला र टंक त्रिपाठी छन् ।
कार्यक्रममा ग्लोबल प्लास्टिक उद्योगका अध्यक्ष परमेश्वर आचार्यले उद्योग र व्यवसायीवीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले प्लास्टिक उद्योगी र व्यवसायीले राज्यलाई महत्व पूर्ण योगदान दिए पनि राज्यले वेवास्ता गरेको गुनासो गरे । कार्यक्रममा प्लास्टिक व्यवसायी समिति चितवनका पूर्व अध्यक्ष राजेन्द्र ओली, गण्डकी उद्योग परिषदका विनोद शर्मा न्यौपाने, पोखरा उद्योग वाणिज्य संघका वस्तुगत संयोजक बालकृष्ण कोइराला लगायतले बोलेका थिए ।
समारोहमा समितिका सल्लाहकार रामकृष्ण पोखरेल, व्यवसायीद्वय मुक्तिराम ढकाल र विष्णुहरि ढकाललाई सम्मान गरिएको छ ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया