प्लास्टिक व्यवसायी समितिमा ऋषिराम

समाधान संवाददाता २०७९ जेठ २४ गते १६:३३

पोखरा ।

Advertisement

पोखरा प्लास्टिक व्यवसायी समितिको अध्यक्षमा ऋषिराम शर्मा चुनिएका छन् । शनिबार पोखरामा भएको समितिको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्माको अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हो ।


समितिको उपाध्यक्षमा रामचन्द्र लामिछाने, सचिवमा पशुराम तिवारी, सहसचिवमा युवराज इटनी र कोषाध्यक्षमा हरिशरण अधिकारी छन् । सदस्यमा बिमला बराल, सरस्वती आचार्य, युवराज दाहाल, शान्ताराम कुइँकेल, हरिप्रसाद कोइराला र टंक त्रिपाठी छन् ।


कार्यक्रममा ग्लोबल प्लास्टिक उद्योगका अध्यक्ष परमेश्वर आचार्यले उद्योग र व्यवसायीवीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले प्लास्टिक उद्योगी र व्यवसायीले राज्यलाई महत्व पूर्ण योगदान दिए पनि राज्यले वेवास्ता गरेको गुनासो गरे । कार्यक्रममा प्लास्टिक व्यवसायी समिति चितवनका पूर्व अध्यक्ष राजेन्द्र ओली, गण्डकी उद्योग परिषदका विनोद शर्मा न्यौपाने, पोखरा उद्योग वाणिज्य संघका वस्तुगत संयोजक बालकृष्ण कोइराला लगायतले बोलेका थिए ।

विभिन्न कार्यक्रममा संयोजक गरेका युवराज इटनी, हरिशरण अधिकारी र पर्शुराम तिवारी, समितिका सल्लाहकार रामकृष्ण पोखरेल, व्यवसायीद्वय मुक्तिराम ढकाल र विष्णुहरि ढकाललाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया