पूर्वाधार

घरपझोङ र लोमान्थाङमा शहरी तथा भवन निर्माणको ४ वटा आयोजना

सुन्दरकुमार थकाली २०७९ जेठ २४ गते २०:३०
लोमान्थाङमा छपनी ढुङ्गा बिच्छ्याएर पैदल बाटो निर्माण ।तस्विर: सुरेश घिमिरे

जोमसोम–नेपाल सरकार शहरी तथा भवन निर्माण आयोजना कार्यालय बाग्लुङ अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा ४ वटा योजनाको काम धमाधम भईरहेको छ ।आयोजनाले मुस्ताङको घरपझोङ–४ जोमसोम,घरपझोङ–३ स्याङ र लोमान्थाङ–५ मा पूर्वाधार निर्माणको काम अघि बढाएको हो ।
मुस्ताङ सदरमुकाम जोमसोमको भित्री बजारक्षेत्रमा सडक तथा पैदल बाटो स्तरोन्नतिका लागि जोमसोम हिमाली मोटर बाटो तथा पैदलमार्ग निर्माण आयोजना सुरु गरिएको हो ।आरसीसी सडक तथा पैदल बाटो र ड्रेन निर्माण गर्न ८५ लाख २३ हजारमा सनातन कन्ट्रक्सनले जिम्मा लिएको हो ।चालु आव २०७८÷०७९ मा विनियोजित बजेट मध्येबाट कन्ट्रक्सनले जोमसोमको भित्री बाटोमा आरसीसी पक्की सडक तथा पैदलमार्ग निर्माण गर्न २०७८÷०९।२१ मा सम्झौता गरेको थियो । सम्झौता अवधि ६ महिना रहेको उक्त आयोजनाको अहिले धमाधम काम भईरहेको शहरी तथा भवन निर्माण आयोजनाका फिल्ड सुपरभाईजर ढिन्डुक गुरुङले जानकारी दिए ।

Advertisement

जोमसोम बजारको भित्री सडकमा १५ देखि २० सेमी ढुङ्गा राखेर सोलिङ गरिएको छ भने त्यसमाथि १५ सेमी आरसीसी ढलान गर्ने काम भईरहेको उनले बताए ।आयोजनासंग यस अघि सम्झौता हुँदा स्टमेट अनुसार स्थानीय तहका जनप्रतिनिधिको सहमतीमा ४३३ घनमिटर सडक तथा पैदलमार्गको काममा आशिंक हेरफेर भएको सुपरभाईजर गुरुङले जानकारी दिए । कन्ट्रक्सनले अहिले झन्डै ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । जोमसोम बजारक्षेत्रमा दुई तफी घर टहर भएको स्थानमा ४० सेमीको डबल ड्रेन र एकतर्फी भएको ठाउँमा ४० सेमीको सिङ्गल लेनको ड्रेन निर्माण गर्नेछ । ड्रेनको माथिमा स्लाप राखिने छ ।
एकिकृत पूर्वाधार विकास कार्यक्रम अनुसार शहरी तथा भवन निर्माण आयोजनाले मुस्ताङको घरपझोङ–४ मा निर्माणधिन जोमसोम बसपार्कमा टिकट काउन्टर,क्यान्टिङ रेष्टुरेन्ट र गार्ड हाउँस निर्माणका लागि काम अघि बढाएको हो ।दामोदरकुण्ड कन्ट्रक्सनले २०७८ चैत्र ४ गते ९५ लाख ५२ हजारमा उक्त पूर्वाधार बनाउन सम्झौता गरेको र चालु आवको असार मशान्तसम्ममा सक्ने लक्ष्य लिएको शहरी तथा भवन निर्माण आयोजनाका सुपरभाईजर गुरुङले जानकारी दिए ।
यस्तै,मुस्ताङको घरपझोङ गाउँपालिकामा एक शहर एक पहिचान मुस्ताङ जिल्ला जोमसोमको पर्यटकीय शहरमा मुुख्य बजारक्षेत्रको सडकमार्ग स्तरोन्नति आयोजना अन्तर्गत पुथाङ एअरपोर्टको भित्री बजारको सडक बाटो स्तरोन्नति र ड्रेन निर्माणको काम हुने जनाईएको छ । कार्यशक्ति कन्ट्रक्सनले जिम्मा लिएको उक्त आयोजना १ करोड ५६ हजारमा सम्झौता गरिएको थियो । जसअन्तर्गत घरपझोङ–३ स्याङको पुलचोकमा ५३० मिटर ग्याबिन वाल निर्माण गरिएको छ भने ६ मिटर चौडा ग्राभेल सडकमा ग्राभेल गरिएको आयोजनाका सुपरभाईजर गुरुङले उल्लेख गरे ।उनका अनुसार स्याङककै माथिल्लो गाउँ जाने बाटोमामा ड्रेन निर्माण,रिटेनिङ वाल ,ग्याबिन लगाउने र ७० मिटर बाटो ढलान गरिने छ ।

उपल्लो मुस्ताङमा माटो शहर लोमान्थाङमा एकिकृत बस्ती विकास तथा पूर्वाधार निर्माण योजना अन्तर्गत छपनी ढुङ्गा बिच्छ्याउने तथा ड्रेन निर्माण गर्ने काम सकिएको छ ।लोमान्थाङको सांस्कृतिक सम्पदा नबिग्रिने गरी करिव २ सय मिटर भित्री बाटोमा छपनी ढुङगा बिच्छेयाएर पैदल बाटो निर्माण गरिएको हो ।लोमान्थाङमा छपनी ढुङ्गा बिच्छ्याउन वलेवा भैरव निर्माण सेवाले ३३ लाख ५२ हजारमा सम्झौता गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया