समुदायलाई सूचना, प्रविधि सिकाउँदै पोखरा विश्वविद्यालय

पोखरा ।
पोखरा विश्वविद्यालयले रजत जयन्तीको विशेष कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३० का महिलालाई समसामयिक विषयमा सूचना प्रविधि साक्षरता र सीप तालिम दिएको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा २१ गृहिणी सहभागी थिए ।
सूचना प्रविधि साक्षरता र सीप तालिम विश्वविद्यालयको इन्फरमेसन एक्सेस सेन्टरमा सञ्चालन हुनेछ । चुलो चौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो । प्रविधि मैत्री मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैकिङ, मोबाइल बैकिङ, अटोमेटेड टेलर मेसिन (एटिएम) आदिबाट डिजिटल भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारेमा सिकाइनेछ ।
मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ नयाँ आयामका बारेमा गृहिणीलाई प्रकाश पारिनेछ । कार्यक्रमको माध्यमबाट गृहिणीले इन्टरनेटसम्बन्धी र छिटो, छरितो रुपमा सूचना आदानप्रदानसम्बन्धी ज्ञान हासिल गर्ने छन् भने देश, विदेशमा रहेका आफ्ना श्रीमान्, छोराछोरी, नातागोता ईष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोनका बिल भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वास विश्वविद्यालयले लिएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राडा नमराज धामी, स्कुल अफ बिजनेसका स्कुल निर्देशक डा. सृजन ज्ञवाली, स्कुल अफ बिजनेसका उपप्राध्यापक दीपाञ्जल श्रेष्ठ र सहभागी इन्दिरा तिवारीले बोलेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया