पाेखरा १ मा नयाँ जनप्रतिनिधिलाई स्वागत, पुरानालाई बिदाइ

पोखरा ।
हालै भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिलाई अभियान महिला समूहले स्वागत गरेको छ भने निर्वतमानलाई बिदाइ गरिएको छ ।
कार्यक्रममा समूहकी अध्यक्ष राधादेवी पराजुली र ज्येष्ठ सदस्य अम्बिका त्रिपाठीले नयाँ जनप्रतिनिधिलाई स्वागत तथा निवर्तमानलाई बिदाइ गरे । पोखरा १ को अध्यक्षमा सहारा प्रधान र सदस्यमा शोभा गुरुङ, रामजी पौडेल, जुकमाया दमाई र जुमकाजी गुरुङ निर्वाचित भएका थिए ।
अध्यक्ष प्रधानले वडामा यसअघि सुरु गरिएका तर पूरा हुन नसकेका कामलाई पूरा गर्ने प्रतिवद्धता गरे । प्रधान वडाका निवर्तमान वडा सदस्यसमेत हुन् । वडा सदस्य राम्जी पौडेलले वडावासीले विश्वास गरेर जिताएकाले मतदाताको मन जित्ने गरी काम गर्ने उल्लेख गरे ।
निवर्तमान वडाध्यक्ष शारदा पराजुलीले संघीयतापछि स्थापना भएको स्थानीय तहमा सुरुमा काम गर्न कठिन भएको सुनाइन् । निवर्तमान वडा सदस्य रुद्र सुवेदीले पहिला भएका गल्ती र कमजोरीलाई सुधार गदै अघि बढ्न निर्वाचित प्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा समाजसेवी माधवप्रसाद पराजुलीले एकता र सहकार्यबाटै समृद्धि हासिल हुने बताएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया