प्लास्टिक उद्योगलाई बेवास्ता गरिएको गुनासो

समाधान संवाददाता २०७९ जेठ २५ गते १४:४०

पोखरा ।
प्लास्टिक उद्योगले अरु थुप्रै उद्योगहरुलाई पनि सघाउ गरेको छ । नागरिकको दैनिक जीवनमा पनि प्लास्टिक उद्योगका उत्पादनले योगदान गरेको छ । तर यस्ता उद्योगलाई सरकारले भने बेवास्ता गरेको प्लास्टिक उद्योगीहरुले बताएका छन् ।

Advertisement

पोखरा प्लास्टिक व्यवसायी समितिको अधिवेशनका क्रममा वक्ता उद्योगी व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा ग्लोबल प्लास्टिक उद्योगका अध्यक्ष परमेश्वर आचार्यले उद्योग र व्यवसायीवीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले प्लास्टिक उद्योगी र व्यवसायीले राज्यलाई महत्व पूर्ण योगदान दिए पनि राज्यले बेवास्ता गरेको गुनासो गरे ।

कार्यक्रममा प्लास्टिक व्यवसायी समिति चितवनका पूर्व अध्यक्ष राजेन्द्र ओली, गण्डकी उद्योग परिषदका विनोद शर्मा न्यौपाने, पोखरा उद्योग वाणिज्य संघका वस्तुगत संयोजक बालकृष्ण कोइराला लगायतले बोलेका थिए । यसैबीच पोखरा प्लास्टिक व्यवसायी समितिको अध्यक्षमा ऋषिराम शर्मा चुनिएका छन् । शनिबार पोखरामा भएको समितिको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्माको अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हो ।

Advertisement

समितिको उपाध्यक्षमा रामचन्द्र लामिछाने, सचिवमा पशुराम तिवारी, सहसचिवमा युवराज इटनी र कोषाध्यक्षमा हरिशरण अधिकारी छन् । सदस्यमा बिमला बराल, सरस्वती आचार्य, युवराज दाहाल, शान्ताराम कुइँकेल, हरिप्रसाद कोइराला र टंक त्रिपाठी छन् । समारोहमा समितिका सल्लाहकार रामकृष्ण पोखरेल, व्यवसायीद्वय मुक्तिराम ढकाल तथा विष्णुहरि ढकाल, युवराज इटनी, हरिशरण अधिकारी र पर्शुराम तिवारीलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया