पोखरादेखि काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

समाधान संवाददाता २०७९ जेठ २५ गते १७:५८

पोखरा ।
पोखरादेखि काठमाडौंका लागि उठेको जहाज डाइबर्ट गरी जनकपुर पुगेको छ । दिउँसो साढे १ बजे पोखरादेखि उडेको बुद्ध एअर काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर पुगेको बुद्ध एअरका पोखरा म्यानेजर भुवनेश्वर त्रिपाठीले जानकारी दिए ।

‘पोखराबाट साडे १ बजे उठेको थियो । काठमाडौंको मौसम खराब भएपछि प्लेन अवतरण गर्न नसकेपछि जनकपुर पुगेको हो,’ उनले भने, ‘बिहानैदेखि मौसम राम्रोसँग खुलेको छैन, पोखराका अन्य उडानहरु पनि मौसम खराबीका कारण उड्न सकेका छैन ।’


त्रिपाठीका अनुसार काठमाडौंको मौसम खुलेपछि जनकपुर पुगेको जहाज काठमाडौं जनो बताए । ‘विस्तारै मौसम खुलेको छ । अब केही समयमा जनकपुर पुगेको जहाज आजै काठमाडौं पुग्छ,’ उनले भने । जहाजमा सवार यात्रुहरुले काठमाडौंका लागि उठेको विमान जनकपुर पुगेपछि सामाजिक सञ्चाल फेस्बुकमा फोटो पोष्ट गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया