शिक्षासेवी बस्नेतको निधन

पोखरा ।
शिक्षा र खेलकुदको क्षेत्रमा सक्रिय पोखरेली योगेन्द्र बस्नेतको निधन भएको छ । उनी ७५ वर्षका थिए । पोखरा १० अमरसिंहचोक निवासी बस्नेतको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मेडिसिटीमा मंगलबार उनको आन्द्राको अप्रेसन भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित उपचारपछि अपरेसनका लागि बस्नेतलाई मेडिसिटी लगिएको थियो ।
बस्नेतको पार्थीव शरीरलाई अमरसिंह शान्तिपथस्थित निवासमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम छ । अन्त्येष्टि सेतीनदीको रामघाटमा हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा अधिकारी, कास्कीमा जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष रहेर सेवा गरेका स्व. बस्नेत एथ्लेटिक्सका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । स्व. बस्नेतका २ श्रीमती, २ छोरा र २ छोरी छन् ।







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया