लुम्बिनी बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

समाधान संवाददाता २०७९ जेठ २६ गते ११:०४

पोखरा ।
लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको सेवा लिएबापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ ।

Advertisement

पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया