डिजिटल पत्रकारिता तालिम सुरु

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । बुधबारदेखि २७ गतेसम्म सञ्चालन हुने तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको छ । तालिममा पछिल्लो पटक डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण दिइनेछ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा महानगरको साथ, समर्थन रहने प्रतिबद्धता गरे । उनले पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताए । ‘पोखराको पत्रकारिता क्षेत्र अब मुल धारको हुनुपर्छ’, उनले भने, ‘सबै काठमाडौंमा मात्र केन्द्रित हुँदा पोखरा अझै कतिपय विषयमा पछाडि परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।’
उनले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास जनाए । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए । मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए । ‘पोखरा महानगरपालिकालाई सूचना मैत्री महानगर बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदै छ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्या छिट्टै समाधान गरिनेछ’, उनले भने ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम सञ्चालन गरिएको बताइन् । डिजिटल पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमा तालिम भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रशिक्षक विकास कार्कीले समय परिवर्तनसँगै पत्रकार पनि परिवर्तन हुन आवश्यक रहेको बताए । ‘डिजिटल पत्रकारिता आजको आवश्यकता हो ।
जसका लागि आवश्यक ज्ञानको खाँचो छ । पत्रकार महासंघ कास्कीले आयोजना गरेको उक्त तालिमबाट प्रशिक्षार्थी आवश्यक ज्ञान लिनुहुनेछ भन्नेमा हामी आशावादी छौं’, उनले भने । तालिममा विकास कार्की र उमेश श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम संयोजक तथा पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा महासंघ कास्की सचिव माधव बरालले पनि बोलेका थिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया