लमजुङका कांग्रेस नेता मिश्रसहित १०९ जना एमाले प्रवेश

बेसीसहर ।
नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाकाका पूर्व सभापति द्वारिकाप्रसाद मिश्रलगायत १ सय ९ जनाले पार्टी परित्याग गरेका छन् । सुन्दरबजार नगरपालिका ९ का मिश्रसहित १ सय ९ जनाले बिहीबार सुन्दरबजारमा पत्रकार भेटघाट गरी पार्टी परित्याग घोषणा गरेका छन् ।
एमालेमा प्रवेश हुन चाहना राख्नेमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि शिवकुमारी मिश्र, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार सुन्दरबजार नगरपालिका ७ ऋषिराम पोखरेल, राष्ट्रिय कर्मचारी संगठन नार्कका केन्द्रीय सदस्य माओवादी सम्बन्ध (अप्रा) सुन्दरबजार नगरपालिका ४ का रामचन्द्र मिश्र, जनता समाजवादी पार्टीका जिल्ला सल्लाहकार सुन्दरबजार नगरपालिका ७ का लक्ष्मीप्रसाद मिश्र छन् ।
यस्तै, नेपाली कांग्रेसका क्रियाशील सदस्य सोमबहादुर न्यौपाने, बृहस्पति अधिकारी, नवराज अधिकारी, नारायण अधिकारी, पवित्रा अधिकारी, धु्रवराज गौली, कृष्णकान्त न्यौपाने, विरबहादुर तामाङले पनि पार्टी परित्याग गरेका छन् । अन्यमा नेपाली कांग्रेस समर्थकहरु छन् ।
नेपाली कांग्रेस परित्याग गरेका द्वारिकाप्रसाद मिश्रले कुनै स्वार्थका लागि नभई आफू बसेको ठाउँ सही नभएका कारण एमालेमा प्रवेश गरेको बताए । २८ वर्षदेखि कांग्रेसमा क्रियाशील भए पनि पार्टी हाँक्ने नेताका व्यवहारका कारण अर्को पार्टी रोज्न बाध्य भएको उनले सुनाए ।
२०७४ मा स्थानीय निर्वाचनमा प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार भई २७३० मत र २०७९ मा उपप्रमुखमा उम्मेदवार भई ४४०० सय भन्दा बढी मत ल्याउन सफल मिश्र सुरुवाती राजनीतिमा भने एमालेमै आवद्ध थिए । उनी स्पष्ट वक्ताका रुपमा परिचित छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पोखरेलले खुलेर काम गर्ने वातावरण नभएका कारण सहज वातावरण मिल्ने आशमा एमालेलाई साथ दिने बताए । काम गर्ने ठाउँ सही हुनुपर्छ भन्ने उद्देश्यका साथ र एमालेलाई राम्रो बनाउनुपर्छ भन्ने लक्ष्यका साथ एमालेमा प्रवेश गर्ने बताए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया