लायन्स बर पिपल चौतारीको अध्यक्षमा विनय सुवेदी
समाधान संवाददाता
२०७९ जेठ २६ गते २१:२८

पोखरा ।
लायन्स क्लब बर पिपल चौतारीको अध्यक्षमा विनय सुवेदी सर्वसम्मत चयन भएका छन् । बुधबार पोखरामा भएकाे कार्यक्रमबाट सुवेदीको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
वर्ष २०२२/२३ लागि प्रथम उपाध्यक्ष नवराज पौडेल , दित्तिय उपाध्यक्ष सुवास ढकाल, कोषाध्यक्ष दिपेश कोइराला, सचिव कल्पना पराजुली ,सहसचिव होमनाथ अधिकारी निर्विविरोध भए ।
पूर्व अध्यक्ष सोमनाथ अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यकममा मेघा हेल्थ डिपार्टमेन्ट चिफ ढाकाकुमार श्रेष्ठले समाजसेवामा लाग्दा आफूलाई आनन्दको अनुभूति हुने बताए । ‘लायन्समा लागेर समाजमा समाज परिवर्तनका बाटोमा हिँड्न पाउदा एकदमै आन्दकाे अनुभूति हुन्छ,’ उनले भने, ‘लायन्समा लागेर आफ्नो व्यक्तित्व वृद्धि विकास गर्न सक्ने ठाँउ भएकाले नेतृत्व विकासका लागि भने पनि लायन्समा लाग्नुपर्छ ।’
सम्बन्धित






पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया