लेखनाथमा सिलाइ तालिम सुरु

समाधान संवाददाता २०७९ जेठ २७ गते ११:४९

लेखनाथ ।
लेखनाथमा बिहीबारबाट २७ दिने सिलाई कटाइको एड्भान्स तालिम सुरु भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको संयोजन, अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना र व्यवसायीक सीप तथा तालिम परिषद (सिटिइभिटी) गण्डकी प्रदेशको सहयोगमा तालिम आयोजना गरिएको हो ।

Advertisement

कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयले यस्ता प्राबिधिक तालिमबाट बजारमा रोजगारी सिर्जना भई आय आर्जनमा टेवा पुग्ने बताए । अन्नपूर्ण बहु–प्राविधिक शिक्षालय ढिकुरपोखरी कास्कीका प्राचार्य मोतीमाया सुवेदीले शिक्षालयले बजारको माग अनुरुपमा तालिम आयोजना गर्दै आएको बताइन् । लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक ध्रुबबावु भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं नेउवा महासंघ केन्द्रीय सदस्य बाबुराम गिरी, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष भरतराज ओझा, उपमहासचिव जानुका पराजुली अधिकारी लगायतले बोलेका थिए ।

तालिममा २० जनाको सहभागिता रहेकोसंघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले बताए ।

तपाईको प्रतिक्रिया