रुपामा निवृत्त शिक्षकको समिति

समाधान संवाददाता २०७९ जेठ २७ गते १३:१२

पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा निवृत्त शिक्षक समुदायको पालिका स्तरीय कमिटी बनेको छ । बुधबार भएको भेलाले रामलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

Advertisement

महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बुद्धि गिरी, सदस्य फणीन्द्रमोहन शर्मा, महेन्द्रकुमार श्रेष्ठ र बुद्धिबहादुर घिमिरेले संस्थाको औचित्य र आवश्यकताबारे प्रकाश पारेका थिए । कार्यक्रममा १२ निवृत्त शिक्षकले संस्थाको आजीवन सदस्यता लिए ।

जिल्ला अध्यक्ष छविलाल आचार्यको संस्थाका भावी कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा जिल्ला सचिव शेषकान्त आचार्यले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया