अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

समाधान संवाददाता २०७९ जेठ २७ गते १४:२७

पोखरा ।
पोखरामा जारी ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका सन्देश नेपाली म्यान अफ द म्याच भए । अर्को खेलमा पहिला ब्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो ।

भद्रकालीका असीम गुरुङले १८ बलमा ६ चौकाको मद्दतमा २६ रन बनाए । बलिङतर्फ ३ ओभरमा २ मेडनसहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ म्यान अफ द म्याच बने ।

Advertisement

तपाईको प्रतिक्रिया