पाेखरामा अटोवेजको चित्रकला प्रदर्शनी, १६५ विद्यार्थीका चित्र समावेश

पोखरा ।
टोयोटा र आइसर गाडीहरुको आधिकारिक बिक्रेता अटोवेज प्रालिले शुक्रबारबाट चित्रकला प्रदर्शनी सुरु गरेको छ । कम्पनिकाे नयाँ बजारस्थित शाेरुममा प्रदर्शनी आयाेजना गरेकाे हाे । प्रदर्शनीमा सवारी साधन सम्बन्धी सन्देश दिने विभिन्न विद्यालयका विद्यार्थीले कोरेका चित्र राखिएका छन् ।
प्रदर्शनीमा १२ सय भन्दा बढि प्रतिस्पर्धी मध्य १ सय ६५ जना विद्यार्थीका चित्र समावेश गरिएको छ । पोखराबाट ७०, लुम्बिनीबाट २०, नारायणीबाट २० र धौलागिरीबाट १० जना विद्यार्थीको सहभागी रहेको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन् ।
प्रदर्शनी अवलोकनमा आउने विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमि तथा चित्रकला विषयका शिक्षकको मुल्यांकनको आधारमा उत्कृष्ट चित्र छनोट गरिने निर्देशक पौडेलले बताइन् । प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, तृतिय पुरस्कार ५ हजार र चौथो पुरस्कार २ हजार ५ सय नगद तथा प्रमाणपत्र र अन्य आर्कषक उपहार छन् ।
सवारी साधनको प्रचार मात्र नभई विद्यार्थीका प्रतिभा अभिबृद्धि र प्रस्फुटन गनर्का साथै उनीहरुलाई सवारी साधन सम्बन्धी जानकारी दिन प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई छ । सवारी साधनमा रुचि भएका विद्यार्थीलाई चित्रकला प्रदर्शनीले सहयोग पुर्याउने आयोजकले बताएको छ । जेठ २७ गतेदेखि सुरु भएको प्रदर्शनी असार ३ गतेसम्म हुने छ ।
सामाजिक क्षेत्रमा सक्रिय कम्पनिले गोविन्द कलावती फाउन्डेसन संचालन गर्दै आएको छ । जसले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग तथा निशुल्क शिक्षा प्रदान गर्ने गर्छ ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया